कञ्चनपुर घटनाबारे छानबिन गर्न समिति गठन हुन्छ : गृहमन्त्री थापा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कञ्चनपुर घटनाबारे छानबिन गर्न समिति गठन हुन्छ : गृहमन्त्री थापा


७ भाद्र २०७५, बिहिबार


काठमाडौं  ।  कञ्चनपुरकी बालिक निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनाबारे गृहमन्त्रालयले छानबिन समिति बनायर अनुसन्धान थाल्ने बताएका छन् । छानबिनको माग गर्दै बिहीबार ज्ञापनपत्र बुझाउन गएका प्रदेश नम्बर ७ का नेताहरुसँग गृहमन्त्री रामबहादुर थापाले उक्त कुरा बताएका हुन् ।

घटनालाई सरकारले गम्भीर रुपमा बताउँदै त्यसबारे केही निर्णय आजै गरिने उनले बताए ।

नेकपाका नेता लेखराज भट्ट, निरुदेवी पाल, लक्ष्मणदत्त जोशी, देविलाल चौधरी, डा दिपकराज भट्ट, ओमबिक्रम भाट, विरबहादुर थापा, हरि थपाईली, नन्दबहादुर साउद, रोशनबहादुर खड्का, दिपक तिमल्सिना, योगेन्द्र साउँद, नरबहादुर धामी र बीनादेवी बुढा लगायतका नेताले गृहमन्त्री थापालाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस