जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार


७ भाद्र २०७५, बिहिबार


रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार भएको छ ।

गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको जनाइएको छ ।

रामेछापको मन्थली नगरपालिका-१ मच्छेडाँडीमा रहेको सुवेदीको घरमा राति ९ बजेतिर मुखमा मास्क लगाएर आएको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको हो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा सो घटना भएको हो ।

सुवेदीलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचार गरी धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा उनको राति नै शल्यक्रिया भएको र उनको आन्द्रा काटिएको अस्पतालले जनाएको छ ।

ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् ।

छुरा घटनास्थलमा नै फेला परेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस