नापीका कर्मचारी १५ हजार घुससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नापीका कर्मचारी १५ हजार घुससहित पक्राउ


६ भाद्र २०७५, बुधबार


घुस

काठमाडौं । नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत सर्भेक्षक हरी ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाका आधारमा घुससहित पक्राउ गरेको हो ।

उनीहरुले जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि घुस मागेको भन्दै अख्तियारले पक्राउ गरेको हो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजहरुलाई जनही विगो १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (क) बमोजिम जरिवाना र कैद सजाय मागदावी गरी विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस