भन्सार छली ल्याएको अवैध सुनसहित एक जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भन्सार छली ल्याएको अवैध सुनसहित एक जना पक्राउ


६ भाद्र २०७५, बुधबार


पक्राउ

काठमाडौं । धनुषा जनकपुर नगरपालिका–२३ घर भएका शैलेन्द्र कुमार महतोलाई भन्सार छली अवैध रुपमा ल्याएको १ सय ग्रामको दुई थान सुनको बाला सहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बुधबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियामा विदेशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

महतोलाई थप आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस