सिसाले काटेर एक चिनियाँ नागरिकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिसाले काटेर एक चिनियाँ नागरिकको मृत्यु


६ भाद्र २०७५, बुधबार


काठमाडौं । सिसाले काटेर ललितपुरमा एकजना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२ बल्खु सुन्दरीघाटस्थित चाइनिज कार्यालयमा काम गर्ने २५ वर्षीय लेन जोनको सिसाले काटेर मृत्यु भएको हो ।

कार्यालयमा सिसा राखिएको चाङको जाँच गर्ने क्रममा सिसा खसेर जोनलाई काटेको थियो । सिसाले काटेर गम्भीर भएका जोनको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस