छोरीलाई कुटपिट गरी मार्ने आमा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छोरीलाई कुटपिट गरी मार्ने आमा पक्राउ


६ भाद्र २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

झापा – छोरीलाई कुटपिट गरी मारेको अभियोगमा झापामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुल जाने बेलामा कपाल कोर्न नमानेको कारण हेमन्ताले लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी ८ वर्षीया छोरी सफल्ता कुरुम्बाङ लिम्बुको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस