कालीमाटी तरकारी बजार खुला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालीमाटी तरकारी बजार खुला


६ भाद्र २०७५, बुधबार


काठमाडौं । कालीमाटीको तरकारीबजार आजदेखि खुलेको छ । व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद भएपछि बन्द बजार आजदेखि खुलेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौं उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।

पछिल्लो समय सरकाले बजार अनुगमन दैनिक रुपमा नै गर्दै आएको छ । किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेको थियो  ।

दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेकोमा बन्द खुले पछि चार सय टन मात्र भित्रेको बताइएको छ ।

अनुगमन जानकारी बिनानै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारवाही गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस