ट्याक्सी चालकलाई अनिवार्य ड्रेस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्याक्सी चालकलाई अनिवार्य ड्रेस


६ भाद्र २०७५, बुधबार


काठमाडौं । ट्याक्सी चालकले बुधबारदेखि अनिवार्यरुपमा ड्रेस लगाउनु पर्ने भएका छ ।

महानगरीय ट्राफिक महाशाखाले विशेष कार्यक्रम गरी काठमाडौंमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरोसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखिअनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु गरे पनि ड्रेस पर्याप्त नभएकोले एक महिनाको समय दिएको छ।

एक महिना भित्र सबै ट्याक्सी ड्राइभरले ड्रेस नलगाए कारबाही हुने बरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस