२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा ६१ प्रतिशत उजुरी फछ्र्योट

अ+ अ-

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ ।

अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४/७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको जनइएको छ ।

कार्यालयका उपसचिव रमेश ढकालका अनुसार नवलपुरबाहेकका गण्डकी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी ३४६ वटा उजुरी कास्कीमा परेको छ त्यसपछि क्रमशः पर्वतमा ८३, तनहुँमा ६२, स्याङ्जामा ६०, बागलुङमा ५५, लमजुङमा ४९, म्याग्दीमा ४१, गोखरामा २६, मुस्ताङमा चार र मनाङमा एकवटा मात्र उजुरी परेको छ ।

त्यस्तै आयोगको कार्यक्षेत्रअन्तर्गतको लुम्बिनीमा छ वटा मात्र उजुरी परेको थियो । यीमध्ये धेरै उजुरी परेको कास्कीमा २०० उजुरी (५८ प्रतिशत) फछ्र्योट भएको र थोरै उजुरी परेको मनाङमा (एक वटा मात्र) शत प्रतिशत फछ्र्योट भएको छ । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तह त्यसपछि क्रमशः शिक्षा, स्वास्थ्य, सङ्घसंस्थामा रहेको छ ।

कार्यालयका प्रमुख काशीराज दाहालले भ्रष्टाचारजन्य गतिविधिमा नयाँनयाँ प्रविधि र प्रयोग बढिरहेको बताउँदै नयाँ पुस्तामा नैतिकता र सदाचारिताको विकास आवश्यक रहेको बताए ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गर्ने वातावरण सिर्जना गर्नु आवश्यक भएको बताउँदै उनले आयोगको निर्णय कार्यान्वयनमा सञ्चारकर्मीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । रासस