कांग्रेस भित्रको गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् : महामन्त्री कोइराला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस भित्रको गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् : महामन्त्री कोइराला


६ भाद्र २०७५, बुधबार


नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताए।

नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुने बताए ।

उनले भने, ‘काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ ।’

यसैबीच उनले आजै नेपालगञ्जको कार्यकर्ता भेलालाई पनि सम्बोधन गरेका छन् । सम्बोधनमा बोल्दै उनले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए ।

भेलामा बाँके काँग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस