लागू औषधसहित चार पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लागू औषधसहित चार पक्राउ


६ भाद्र २०७५, बुधबार


पक्राउ

लहान । प्रहरीले सिरहा र सप्तरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरी र उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्री रहेका छन् ।

कुलदेव चौधरीको साथबाट डेढकिलो गाँजा र नवराज खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ । अन्य दूईजना निरञ्जन कार्की र नारायण चौधरीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस