प्रधानमन्त्री लक्षित काटुर्न फेसबुकमा सेयर गर्ने कर्मचारी प्रहरी खोरमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री लक्षित काटुर्न फेसबुकमा सेयर गर्ने कर्मचारी प्रहरी खोरमा


५ भाद्र २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री लक्षित कार्टुन फेसबुकमा सेयर गर्ने एक कर्मचारी प्रहरी खोरमा पुगेका छन् ।

भक्तपुर, सुर्यबिनायक ३ स्थायी घरभई काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई बाँदरसँग जोडेर सेयर गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीए प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरज सिंहका अनुसार प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक संजाल फेसबुकमा समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने कार्यमा संलग्न भेटिएकोले पक्राउ गरिएको हो । सिग्देललाई महाशाखाबाट खटिएको टोलीले बबरमहलबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारेबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारवाही हुनेछ । यो व्यवस्था अनुसार एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस