६० किलो चरेशसहित पाँच पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

६० किलो चरेशसहित पाँच पक्राउ


५ भाद्र २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । दाङमा ६० किलो अवैध चरेससहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा घर्ती र ध्रुव जंगल बुढा रहेका छन् ।

विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद गरेको हो । यस्तै अन्य तीनजनाबाट लुकाएर राखिएको अवस्थामा प्रहरीले ५० किलो चरेस वरामद गरेको हो ।

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय दाङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस