वायोग्यास उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वायोग्यास उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै


५ भाद्र २०७५, मंगलबार


शंखधर साख्वा

काठमाडौं । वायोग्यास उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै छन् । विराटनगरको श्रीकृष्ण गौशालामा उत्पादित बायोग्यासको आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विराटनगर उपमहानगरपालिका – १४ मा गाईको गोबर संकलन गरी वायोग्यास उत्पादन  गरिएको छ । वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको छ । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ ।

वायो ग्यास उत्पादनका लागि गौशालामा तीन सय घनमिटर प्लान्ट जडान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस