अब प्रदूषर्ण गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब प्रदूषर्ण गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने


५ भाद्र २०७५, मंगलबार


काठमाडौं । अबदेखि प्रदुषण गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने छ ।

नेपालको संविधान २०७२ अनुसार वातावरणीय प्रदूषण गर्नले प्रदूषण पीडितलाई क्षतिपूर्ति दिनुपर्ने छ ।

नेपालको संविधानको धारा ३० को उपधारा २ मा ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

विशेषगरी विकसित औद्योगिक मुलुकले गरेको प्रदूषणका कारण प्रकोप खेपिरहेको नेपालले प्रदूषक राष्ट्रबाट त्यसको क्षतिपूर्ति लिन सकिरहेको छैन् ।

आवश्यक कानुनी र संरचनागत व्यवस्थाको अभाव रहे पनि संविधानमै प्रदूषणबाट क्षतिपूर्ति लिने व्यवस्था राखिएकोले यो समस्या समाधान हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस