डोल्पा पहिरो : दुई घर पुरिए, एक घर भत्कियो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डोल्पा पहिरो : दुई घर पुरिए, एक घर भत्कियो


५ भाद्र २०७५, मंगलबार


काठमाडौं । डोल्पामा पहिराले दुईघर पुरिएका छन् ।

सोमबार अविरल वर्षासँगै खसेको पहिरोले दुई घर पुरिनुका साथै  एक घर भत्किएको प्रहरीले जनाएको छ ।

डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी देउरुपा ठकुल्ला र राजबहादुर रोकायको घर पुरिएको हो ।

कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस