घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर


४ भाद्र २०७५, सोमबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना गुल्मीमा कार्यरत सबइञ्जिनियर प्रकाश झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सब इन्जिनियर झाविरुद्ध एक लाख घुस लिएको अभियोग लागेको छ । सब इन्जिनियर झाविरुद्ध एक लाख घुस लिएको अभियोग लागेको छ । सडक आयोजनाको ठेक्काको बिल मूल्याङ्कन गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदालिँदै उनी केही दिन पहिले पक्राउ परेका थिए ।

कारवाहीका लागि आग्रह

हेलो सरकारले नवलपरासीमा रहेको गोर्खा ब्रुअरीले वातावरण बिगारेको भन्दै कारवाही गर्न वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ । सो उद्योगबाट निष्कासित फोहोर पानीले नारायणी नदी प्रदूषित भएको र जलचरसमेत समस्यामा परेको भन्दै हेलो सरकारमा उजुरी परेपछि आज कारवाहीका लागि आग्रह गरिएको हेलो सरकारका प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

यस्तै सो उद्योगले करसमेत नतिरेको विषयमा पनि उजुरी परेपछि अर्थ मन्त्रालयलाई कर उठाउनसमेत ध्यानाकर्षण गराएको छ । उद्योगले कर छलेको विषयमा उजुरी प्राप्त भएको भन्दै आवश्यक छानबिन गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत लेखी पठाइएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस