कैलाली । गायक सुरेन्द्र संगमले गीजको सांगीतिक कोसेली यसपालिको तीजमा बेङलोरको साडी बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा संगमलाई गायीका गौरी भट्टले साथ दिएकी छन् ।
चेतन ताम्राकारको लय र बिजय थापाको एरेन्ज रहेको गीतलाई बिषेश डिजिटलले बजारमा ल्याएको हो ।
विगत ४ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत संगमले कानैमा झुम्का, धनगढी थर्काउँछु, तहल्का मच्चाउँछु, जैनोली रोयो लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
डोटीको शिखर नगरपालिका–९ जैनोलिमा जन्मेका संगम हाल धनगढीलाई कर्मथलो बनायर बसेका छन् । उनले आफुले स्रोताको औषी माया पाइरहेकाले आगामी दिनमा पनि यसै क्षेत्रमा क्रियाशिल रहने बताएका छन् ।
भिडियो :