नौकुण्ड गाउँपालिकामा गाडी किन्ने रकमले एम्बुलेन्स « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नौकुण्ड गाउँपालिकामा गाडी किन्ने रकमले एम्बुलेन्स


४ भाद्र २०७५, सोमबार


रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाले कार्यालय प्रयोजनका लागि गाडी किन्ने पैसाले एम्बुलेन्स किन्ने भएको छ ।

गाउँपालिकामा एम्बुलेन्स अत्यावश्यक रहेकाले गाडीको साटो एम्बुलेन्स खरिद गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताइन् ।

नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स नहुँदा बिरामीको उपचारमा समस्या हुँदै आएकाले उक्त निर्णय गरिएको लामाले बताइन् । गाउँपालिकामा स्वास्थ्य चौकी तीनवटा र सामुदायिक स्वास्थ्य इकाई तीनवटा गरी ६ वटा स्वास्थ्य संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस