१५ लाख लुकाएर लुटिएको गलत सूचना दिने ब्यक्ति पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१५ लाख लुकाएर लुटिएको गलत सूचना दिने ब्यक्ति पक्राउ


४ भाद्र २०७५, सोमबार


काठमाडौं । आफैले पैशा लुकाएर प्रहरीलाई लुटपाट भएको गलत सूचना दिने व्यक्ति पक्राउ परेका छन् ।

१५ लाख रुपैया लुटिएको सूचना प्रहरीलार्इ दिएर पैसा लुकाउने एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आफू काम गर्ने पसलको नगद सहकारी संस्थाबाट झिकी पसलतर्फ लैजाने क्रममा लुटपाट भएको भनी पैसा लुकाएको आरोपमा असगर अली पक्राउ परेका हुन्।

बज्रयोगिनी बहुउदेश्यीय सहकारी संस्था न्युरोडबाट झिकी क्षेत्रपाटीतर्फ आउँदै गरेको अवस्थामा पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले खुकुरी देखाई नियन्त्रणमा लिई स्वयम्भूको जंगलमा लगेर उक्त रकम लुटेको बताएको खबर प्रहरीलाई दिएका थिए ।

अनुसन्धानको क्रममा अलीले उक्त रकम लुटिएको भनि झुठो जानकारी गराएको खुल्न आएको र उनले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित राजेश श्रेष्ठको घरको भ९याङमुनि झोलाभित्र लुकाई राखेको अवस्थामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ, चिनियाँ युआन १ सयको १ थान तथा १० को १ थान र सामसुङ मोवाइल १ थान समेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस