बन्यजन्तुको हड्डीसहित २ जना चिनिया पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन्यजन्तुको हड्डीसहित २ जना चिनिया पक्राउ


४ भाद्र २०७५, सोमबार


काठमाडौं । प्रहरीले २ जना चिनियालाई बन्यजन्तुको हड्डीसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बा ७२प ८६०२ नम्बरको स्कुटरमा सवार १८ वर्षीय जाइवेइ र १९ वर्षीय झाग युयान पक्राउ परेको महानगरी प्रहरीले जनाएको छ ।

बन्यजन्तुको हड्डी जस्तो देखिने विभिन्न आकारका १३ थान हड्डी नगद ३० हजार रुपैयाँ र स्कुटर सहित आइतबार प्रहरीले पक्राउ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस