भाइले मृगलाई गोली हान्दा दाइको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भाइले मृगलाई गोली हान्दा दाइको मृत्यु


४ भाद्र २०७५, सोमबार


काठमाडौं । संखुवासभामा मृगलाई हानेको गोली लागेर एकजना मृत्यु भएको छ ।

आइतबार राति शिकार खेल्ने क्रममा २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको छ । मृत्यु भएका हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् ।

हस्तबहादुर, भाइ रत्नबहादुर र २२ वर्षीय कृष्णबहादुर तामाङ जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।

रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरलाई लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, १० वटा टुक्रा किट, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस