एशिया कपका लागि नेपाली टोली श्रीलङ्का प्रस्थान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एशिया कपका लागि नेपाली टोली श्रीलङ्का प्रस्थान


४ भाद्र २०७५, सोमबार


काठमाडौं । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।

एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदै छ ।

नेपाली टोलीले श्रीलङ्कामा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने छ । श्रीलङ्काबाटै नेपाली टोली भदौ ११ गते मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

जितको शुभकामनासहित सभामुख कृष्णबहादुर महरालेआज नेपाली क्रिकेट टोलीलाई बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस