सुर्खेतमा भेटिए दुई वृद्ध मृत अवस्थामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुर्खेतमा भेटिए दुई वृद्ध मृत अवस्थामा


४ भाद्र २०७५, सोमबार


सुर्खेत । सुर्खेतमा दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीकार्यालय सुर्खेतका अनुसारनाम बतन नभएका मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस