२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् ।

ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औँ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार आयोजित विचार गोष्ठीमा उनले आव २०७५/०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६/०७७ मा सबै घर निर्माण कार्य पूरा हुने बताए । उनले भूकम्पपीडितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको बताए । सांसद आशाकुमारी विकले भूकम्पपीडितले धेरै दुःख पाइसकेकाले उनीहरुको घर समयमै निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

ट्रान्सपरेन्सी इन्टरनेशनलका महासचिव पद्मिनी प्रधानाङ्गले भूकम्पबाट क्षतिग्रस्त भवन तथा विद्यालय अझै पुनःनिर्माण हुन नसकेको, भूकम्पपीडितको घर निर्माणको गति सुस्त भएको उल्लेख गरे । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष श्रीहरि अर्यालले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको र नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिइयो । चौध जिल्लामा आठ लाख ०७ हजार ४८६ लाभग्राही रहेको, सात लाख २२ हजार १७६ सँग अनुदान सम्झौता भएको, पाँच लाख ४१ हजार ४४० घर निर्माण शुरु गरेको, तीन हजार ८१५ विद्यालय निर्माण सम्पन्न भएको बताइयो । रासस