इन्डोनेसियामा फेरी दुई शक्तिशाली भूकम्प « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियामा फेरी दुई शक्तिशाली भूकम्प


४ भाद्र २०७५, सोमबार


काठमाडौं । इन्डोनेसियामा फेरी शक्तिशाली भूकम्प गएको छ । पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएको जनाइएको छ ।

दुईसाता अघि ७.० रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा ४६० जनाको ज्यान गएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ भने अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अवरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । भवनहरुमा ठूलो क्षति भएको छ ।

दुर्इ साताअघिको भूकम्पले लाखौं मानिस विस्थापित अवस्थामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस