दस हजार घुससहित प्रहरी जवान नियन्त्रणमा, आरोपपत्र दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दस हजार घुससहित प्रहरी जवान नियन्त्रणमा, आरोपपत्र दायर


४ भाद्र २०७५, सोमबार


घुस

काठमाडौं । प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

व्यवसायीले खरीद गरेका आयातीत सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो ।

अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान नेपालीले प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियारको कार्यालय कोहलपुरको टोलीले निजलाई १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकाले निजलाई बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस