१३ हजार घुससहित रेग्मी पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१३ हजार घुससहित रेग्मी पक्राउ


३ भाद्र २०७५, आइतबार


घुस

इटहरी । सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारी पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० का वडा सचिव बिदुर रेग्मी होटल दर्ताको प्रमाण पत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने सूचनाका आधारमा पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सेवाग्राहीबाट १३ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्यिारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस