मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको दावी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको दावी


३ भाद्र २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गरे ।

ट्विटमा लेखिएको छ, “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ…।”

प्रधानमन्त्रीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गरेका हुन् । वर्तमान सरकार गत वर्ष फागुन ३ गते गठन भएको हो ।

मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस