२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा दैनिक तीन करोड लिटर खानेपानी थप

अ+ अ-

काठमाडौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ।

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको शुरुआत गर्दै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताए ।

उनले भने, ‘धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।’

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा आजैदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाइन् । उनले लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताइन् ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताए। निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने बताए । रासस