लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह


प्रशासन विशेष ब्युरो

३ भाद्र २०७५, आइतबार


शंखधर साख्वा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको विषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशवासीलाई आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् । ‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउँछु ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरीत र वैयक्तिक वा असम्बन्धित विषयमा सूचना माग्नु उचित नहुने बताएका छन् ।

वर्तमान सरकार पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेही ताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सुशासनलाई मजवुद बनाउँदै समृद्ध नेपाल,सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ ।’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस