२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ स्तरीय नेपाल बालिका सम्मेलन २०१८ पाँच बुंदे घोषणा पत्रसहित सम्पन्न

अ+ अ-

जनकपुर । दोश्रो नेपाल बालिका सम्मेलन २०१८ को प्रदेश २ स्तरीय समारोह आज जनकपुरधाममा पाँच बुंदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्यमा योगदान गर्न नेपाल बालिका सम्मेलन २०१८ को प्रदेश २ स्तरीय सम्मेलन प्रदेश नम्बर २ सरकार, सामाजिक विकास मन्त्रालयको नेतृत्वमा र २१ वटा नागरीक सामाजिक संस्थाहरुको सहकार्यमा आयोजना गरीएको थियो । प्रदेश २ का आठ जिल्ला र काठमाडौंबाट गरी ७५० भन्दा बढी बालवालीका र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयका सचिव देवी राम भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कमार यादव अर्थ मन्त्रालयका सचिव डा. किरण रुपाखेती, डिएफआईडी नेपाल प्रमुख रुडिक मार्सडेन, युनिसेफ नेपाल राष्ट्रिय प्रतिनीधि टोमो हाजुमी, युएनएफपिए नेपाल, जनकपुर फिल्ड अफिस प्रमुख डा. नरेन्द्र मिश्र र बालिकाहरुको तर्फबाट सलिता सदा लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्मेलनले सन् २०१४ मा संयुक्त अधिराज्य सरकार तथा युनिसेफले लण्डनमा आयोजना गरेको पहिलो बालिका शिखर सम्मेलन, २०१४ मा नेपाल सरकारको मन्त्री स्तरको प्रतिनिधिमण्डलले भाग लिई बालविवाह, कलिलो उमेरमा हुने विवाह तथा जबरजस्ती विवाह अन्त्य गर्ने प्रतिबधता जनाएको छ ।

सम्मलेनमा बाल बालिकाहरु सहित स्थानीय कलाकारहरुले बाल विवाह, दाइजो, महिला हिंसा, बालिका शिक्षा लगायतका विषयमा केन्द्रित विभिन्न मनोरन्जनात्मक र सांस्कृतिक प्रस्तुती गरेका थिए ।

प्रदेश नम्बर २ मा बाल विवाह अन्त्य गर्ने कार्यलाई योजनाबद्ध र सुदृढ तवरले अगाडी बढाउन बाल विवाह अन्त्य गर्न प्रदेश स्तरीय रणनीति तयार गर्ने । प्रदेश २ का मुख्यमन्त्रीद्वारा घोषित अभियान बेटी पढाउ, बेटी बचाउको कार्य विधी तयार गरी पालिका र समुदाय स्तरमा कार्यान्वन गर्ने । प्रदेश २ मा बाल विवाहको प्रमुख जड कारणको रुपमा रहेको दाइजो जस्तो कुप्रथालाई नियन्त्रण गर्न कानुनको प्रभावकारी कार्यान्वन गर्ने र समाज स्तरमा पुस्तौ देखिको सामाजिक मान्यता परिवर्तन गर्ने योजना ल्याउने लगायतका निर्णय सम्मेलनले गरेको छ ।