२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्र किलोमा सडक भासिने क्रम जारी

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो ।

सो ठाउँमा वि.सं. २०६० मा सडक भासिएपछि ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो । सडक छेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् । उनीहरुले वर्षात्मा चलाउँदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउँद लागेपछि के गर्ने टुङ्गोमा पुग्नुपर्ने बताएका छन् । खनालका अनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । दैनिक सडक भासिने क्रम बढ्दै गएको खनालले जानकारी दिए ।

डिभिजन सडक कार्यालय भरतपुरका तत्कालीन इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर ‘रक स्वायल एङ्करिङ’ गरिएको बताए । भित्तोमा घुसाएर १०–१५ मिटर फलामे डण्डी घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई ‘रक स्वायल एङ्करिङ’ भनिन्छ । सोही ठाउँको ‘रक एङ्करिङ’ले काम गर्न छोडेर वा नदीले खोलेर धसिएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्दछन् । रासस