काबुलको ट्युसन सेन्टरमा विष्फोट हुँदा ४८ विद्यार्थीको ज्यान गयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काबुलको ट्युसन सेन्टरमा विष्फोट हुँदा ४८ विद्यार्थीको ज्यान गयो


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम बिस्फोट हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन्।

काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेको बेला आत्मघाती आक्रमणकारी बिस्फोट गराएको प्रहरीले जनाएको छ।

बिस्फोटमा ज्यान गुमाउनेमा विश्व विद्यालयको प्रवेश परीक्षाको तयारीका अतिरिक्त कक्षा (ट्युसन) लिइरहेका किशोर किशोरी रहेका छन्।

यो घटनाले अफगानिस्तानको अवस्था थप जोखिमपूर्ण बनाएको अधिारीहरुले जनाएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा भएको घटनामा आफ्नो संलग्नता नरहेको तालिबान बिद्रोहीले बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस