२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय पुनःनिर्माण सुस्त

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पु-याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणका काम आधा जति मात्रै सकिएको छ ।

वि.सं. ०७२ को भूकम्पले जिल्लामा क्षति भएका विद्यालय भवन र कक्षा कोठामध्ये आर्थिक वर्ष ०७३/७४ सम्ममा सम्पन्न गर्नुपर्ने २९४ विद्यालयको एक हजार ६१९ कक्षा कोठामध्ये ९६ विद्यालयको ४०९ कक्षा कोठा मात्र निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइका शाखा अधिकृत कोपिला ज्ञवालीले बताए ।

उनका अनुसार प्राधिकरणले ४५ विद्यालयको १५०, शिक्षा विकास तथा समन्वय इकाइले आठ विद्यालयको १८, अन्तर्राष्ट्रिय तथा गैरसकारी संस्थाले ३५ विद्यालयका १७५ र एशियाली विकास बैंक (एडिबी) ले आठ विद्यालयका ६८ कक्षा कोठा निर्माण गरिसकेको छ ।

जिल्लाको भौगोलिक विकटताका कारण समयमा नै निर्माण सामग्री अभाव, ढुवानी गर्न कठिन, दक्ष जनशक्ति अभावजस्ता कारणले पुनः निर्माणको काममा ढिलाइ भएको उनले बताए ।

सोही इकाइका इन्जिनियर श्रेया झाले २० विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको र १० विद्यालयको भवन निर्माणका लागि टेण्डर भइसकेको बताए । पुनःनिर्माण प्राधिकरण, शिक्षा विकास तथा समन्वय इकाइ, एशियाली विकास बैंक र गैरसरकारी संस्थाले गरी हालसम्ममा ३४४ विद्यालयका दुई हजार ४१९ मात्रै कक्षा कोठाको निर्माण गरेका छन् ।

भूकम्पका कारण जिल्लाका पाँच हजार २१० कक्षा कोठामध्ये ९५४ पूर्णरूपमा क्षति हुनाका साथै अधिकांश क्षतिको सङ्ख्या ९१४, सामान्य क्षतिको सङ्ख्या एक हजार ४८३ र क्षति नभएको कक्षा कोठा एक हजार ८५९ छन् । रासस