अन्तराष्ट्रिय संघसंस्था सम्बन्धी केही जानकारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अन्तराष्ट्रिय संघसंस्था सम्बन्धी केही जानकारी


३१ श्रावण २०७५, बिहिबार


लोक सेवा तयारी

१. सन् १८६१ मा नेपाल भारत सीमामा पूर्वको इलामदेखि पश्चिम ब्रह्मदेवमण्डीसम्म नेपाल र भारतको सिमानाबीचमा कुल कति वटा सीमा स्तम्भ कायम भएको थियो ?

– ८९४ वटा

२. बेलायतमा बन्दी प्रत्यक्षीकरण अधिनियम कहिले पारित भयो ।

– सन् १६७९

३. पूर्व–पश्चिम राजमार्गको…..खण्ड बेलायत सरकारको सहयोगमा निर्माण भएको हो ।

– नारायणगढ बुटवलखण्ड

४. नेपालको शान्ति क्षेत्र प्रस्तावलाई अमेरिकाले कहिले समर्थन गर्यो ?

– सन् १९८३ डिसेम्बर ७

५. कालीगण्डकी ‘ए’ जलविधुत् आयोजना निर्माण गर्दा जापान सरकारले …… रकम उपलब्ध गराएको थियो ।

– १६०० लाख अमेरिकी डलर

६. संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगले नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धी पारित गरेको प्रस्तावलाई के भनिन्छ ।
– आइटम १९

७. संयुक्त राष्ट्रसंघको वडापत्र हालसम्म कतिपटक संशोधन भएको छ ।

– ५ पटक

८. ILO ले संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्थाको रूपमा ……मान्यता प्राप्त गर्यो ।
– सन् १९४६ डिसेम्बर

९.IFAD को पूरा रूप के हो ?
– International Fund For Agriculture Development

१०. संयुक्त राष्ट्रसंघको चार्टर तयार गर्ने व्यक्ति को हुन् ?

– Archibald Macleish

११. संयुक्त राष्ट्रसंघका लागि पहिलो नेपाली प्रतिनिधिमण्डल नेता को हुन् ?

– चुडाप्रसाद शर्मा

१२. सार्क विकास कोषको सचिवालय कुन देशमा स्थापना गर्ने निर्णय १५ औँ सार्क शिखर सम्मेलनले गरेको थियो ?

– भुटानको थिम्पु

१३. सार्क खाद्य सुरक्षासम्बन्धी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति …..थिए ?
– शैलेन्द्रकुमार उपाध्याय

१४. पाकिस्तानबाट र बंगलादेश कहिले विभाजन भएको थियो ?

– १९७१ डिसेम्बर १६

१५. आर्थिक तथा सामाजिक समितिले युरोपेली संघको ……को भूमिका निर्वाह गर्छ ।

– सल्लाहकारको


लोकसेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :

http://www.prasashan.com/category/loksewa/


 भोजराज भट्ट
 केदारप्रसाद खतिवडा

 

Tags :
प्रतिक्रिया दिनुहोस