नेपाल लाइफको खुद नाफा ४७ करोड ९२ लाख (विवरणसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल लाइफको खुद नाफा ४७ करोड ९२ लाख (विवरणसहित)


३० श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले ४७ करोड ९२ लाख खूद नाफा कमाएको छ ।

समीक्षा अवधिमा १६ अर्ब बढी बिमा शुल्क आर्जन गर्दा कम्पनीले पुनर्बिमा कमिसनबाट १ करोड ६४ लाख आम्दानी गरेको छ ।

यस्तै कम्पनिले लगानी कर्जा तथा अन्यबाट ३ अर्ब ९७ करोड आर्जन गरेको विवरणमा उल्लेख छ । बिमालेखको धितोमा कर्जाबाट हुने आय भने ९० करोड ९८ लाख छ । यता कम्पनिले समीक्षा अवधिमा ५ अर्ब ४३ करोड खूद दाबी भुक्तानी गरेको छ भने कम्पनीको जगेडाकोषको आकार ३ अर्ब ४७ करोड छ ।

समीक्षा अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी १०.९० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्क १८७.५४ रुपैयाँ छ । कम्पनीको पीई अनुपात ९६.३३ गुणा कायम भएको छ भने औसत प्रतिफल दर १०.८३ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस