२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सगरमाथा आरोही अभिनन्दित

अ+ अ-

काठमाडौं । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गरे । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु पासाङ ल्हामु गाउँपालिका निवासी लाक्पा याङ्दी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पाले गत जेठ २ गते पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीरसहित सगरमाथाको सफल आरोहण गरेका थिए ।

सो अवसरमा मन्त्री बाँस्कोटाले राष्ट्रिय विभूति पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीर लिएर सगरमाथाको सफल आरोहण गरेकामा बधाई दिँदै आरोही टोलीलाई सरकारको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए ।

उनले भने, “नेपालको इतिहासमा नेपाली समस्त नारीहरुको तर्फबाट साहसिक यात्रा गर्ने र यात्राकै शिलशिलामा आफ्नो जीवन समाप्त पार्ने पासाङ ल्हामु शेर्पा र नेपालको लोकतान्त्रिक, राष्ट्रवादी र सामाजिक न्यायपूर्ण आन्दोलनको धरोहरका रुपमा रहेका जननेता मदन भण्डारीको भूमिका, योगदान र पथप्रदर्शनलाई समेत स्मरण गर्ने, जीवन्त राख्ने र भावी पुस्ताले पनि त्यस वीरतापूर्ण इतिहासबाट केही सिकोस् भन्ने सन्देश दिन विश्वको सबैभन्दा अग्लो ठाउँबाट दिएको सन्देश आफैँमा अर्थपूर्ण र महत्वपूर्ण छ ।”

बेग्लै मानक स्थापित गर्ने उद्देश्यले पासाङ ल्हामु र जननेता भण्डारीलाई सम्झेर उनीहरुको तस्वीरसहित सगरमाथा आरोहण गर्नु बेग्लै चेतना र सन्देश भएको उनको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले संविधानले कुनै पनि नेपाली नागरिकलाई जुनसुकै स्थानमा आवातजावतमा रोक नलगाइने व्यवस्था गरेको भए पनि सगरमाथा आरोहणमा नेपालीलाई सलामी लगाइनु संविधानको मर्म विपरीत भएको विचार व्यक्त गरे । रासस