पानीमा विष मिसाउनेमाथि कारवाहीको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पानीमा विष मिसाउनेमाथि कारवाहीको माग


३० श्रावण २०७५, बुधबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

उनले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र वाग्मती प्रवेश गरेको जानकारी दिए । बाढीका कारण धेरै भौतिक सम्पत्ति नाश भएको छ भन्दै उनले नदीनाला सफा गर्न स्थापना भएका सङ्घसंस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस