पहिरोमा सासूबुहारी बेपत्ता « प्रशासन
Logo १२ मंसिर २०७८, आइतबार
   

पहिरोमा सासूबुहारी बेपत्ता


३० श्रावण २०७५, बुधबार


बागलुङ । निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका छन् ।

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए। घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस