हेलिकप्टरको पङ्खा लागेर मृत्यु भएका मेहतालाई शव परीक्षणपछि भारत लगिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हेलिकप्टरको पङ्खा लागेर मृत्यु भएका मेहतालाई शव परीक्षणपछि भारत लगिँदै


३० श्रावण २०७५, बुधबार


सुर्खेत । हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।

मङ्गलबार मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा हेलिकप्टरको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु-याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौ हुँदै भारत लगिने तयारी गरिएको जनाइएको छ ।

मेहताको सेल्फी खिच्ने क्रममा पङ्खा लागेर टाउको क्षतविक्षेत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस