खोला तर्दा कर ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोला तर्दा कर !


३० श्रावण २०७५, बुधबार


काठमाडौं । धनगढी उपमहानगरपालिकाले डुंगा चढ्ने यात्रुबाट कर लिने निर्णय गरेको छ । अबदेखि धनगढी उपमहानगरमा डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रूपैयाँ तिर्नुपर्नेछ । यस्तै, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रूपैयाँ कर लिने गरी उपमहानगरले ठेक्का दिएको छ ।

उपमहानगरपालिका अनुसार एक खोलामा एक घाटको १२ हजार रूपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा छन् । उपमहानगरपालिकाभित्र ३–४ वटा खोलाका दर्जन घाट छन् ।
प्रत्येक घाटमा ठेक्का लगाउने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस