थमन विक हत्याका थप दुई आरोपी सामान्य तारिखमा रिहा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थमन विक हत्याका थप दुई आरोपी सामान्य तारिखमा रिहा


२९ श्रावण २०७५, मंगलबार


गौशाला । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विक हत्याका थप दुई जना आरोपी पनि सामान्य तारिखमा रिहा भएका छन् । आज जिल्ला अदालत महोत्तरीमा हाजिर भएका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे सामान्य तारिखमा रिहा भएका हुन् ।

उनीहरु दुवैजना निवेदन दिँदै बिहान १०ः३० बजे अदालतमा हाजिर भएका थिए ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी नायब निरीक्षक विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए । उनीहरु सोही घटनाका ओपी हुन् ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलको एकल इजलासले साधारण तारेखमा हाजिर हुने आदेश दिएको हो ।

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका थिए । उनलाई अदालतले सोमबार नै साधारण तारेखमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस