अफगानिस्तानमा मारिए अमेरिकी सैनिक  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अफगानिस्तानमा मारिए अमेरिकी सैनिक 


२९ श्रावण २०७५, मंगलबार


अमेरिकी सैनिक

वासिङटन । अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ ।

अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको हो । अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।

तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ । रासस / एएफपी

प्रतिक्रिया दिनुहोस