नापी र मालपोत कार्यालयमा बम बिस्फोट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नापी र मालपोत कार्यालयमा बम बिस्फोट


२९ श्रावण २०७५, मंगलबार


कालीकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ कोटदरबारमा रहेको जिल्ला नापी कार्यालय र मालपोत कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ ।

आज दिउँसो आएको तीन जनाको अज्ञात समूहले बम बिस्फोट गराएर फरार भएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बिस्फोटबाट नापी कार्यालयको पछाडि पट्टीको भित्तामा क्षती पुगेको जनाइएको छ ।

विप्लव नेतृत्को नेकपाले नेपाल बन्दको आह्वान गरेकाले उसैले विस्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ । दुई जनालाई नियन्त्रणमा लियर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस