विषादी युक्त पानी खाँदा २० विद्यार्थी बिरामी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विषादी युक्त पानी खाँदा २० विद्यार्थी बिरामी


२९ श्रावण २०७५, मंगलबार


विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले विषादी हाल्दा उक्त पानी पिएका २० जना विद्यार्थी विरामी भएका छन् । विषादी युक्त पानीको सेवनले दुई जनाको अवस्था गम्भिर बनेको छ भने अन्यको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको प्रहरीले जनाएको छ । ट्यांकी नजिकै ‘साइबेरिन’ लेखिएको विषको बट्टा फेला परेको र विषादी कसले हालेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

विषादी कसले हालेको भन्नेबारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस