सरस्वतीलाई ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरस्वतीलाई ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’


२९ श्रावण २०७५, मंगलबार


काठमाडौं । दोस्रो संस्करणको ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिँदैछ ।

सरिता परियार ट्रस्ट फन्ड (एसपिटिएफ)ले आगामी बुधबार राष्ट्रिय सभामा अवार्ड वितरण गर्न लागेको हो । अवार्डको राशी पाँच लाख रूपैयाँ छ ।

उनीसँगै डडेल्धुराकी कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गरिने छ ।

अवार्ड दुई–दुई वर्षमा वितरण गरिन्छ । यसअघि सन् २०१६ मा रक्षाराम चमारलाई अवार्ड प्रदान गरिएको थियो ।

एसपिटिएफ अमेरिकाको न्युयोर्क सहर स्थापित व्यवस्थित निजी कोष हो ।

प्रतिक्रिया दिनुहोस