९५ हजार घुस रकमसहित इलेक्ट्रिसियन नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

९५ हजार घुस रकमसहित इलेक्ट्रिसियन नियन्त्रणमा


२९ श्रावण २०७५, मंगलबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार घुस रकमसहित इलेक्ट्रिसियनलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्र, ललितपुरमा कार्यरत इलेक्ट्रिसियन (तह ३) भोलाप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

इलेक्ट्रिसियन अधिकारीले थ्री फेस (२१ के.भि.ए) लाइनको मिटर स्थानान्तरण गर्न सेवाग्राहीसँग ९५ हजार रूपैयाँ घुस लिएको आरोप लागेको छ ।

उजुरी एवम् सूचनाका आधारमा घुस रकम लिइसकेपछि अधिकारीलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस