भक्तपुरको दुई ठाउँमा प्रेसर ककुर बम फेला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भक्तपुरको दुई ठाउँमा प्रेसर ककुर बम फेला


२९ श्रावण २०७५, मंगलबार


भक्तपुर । सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुभयो । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस