काठमाडौं । प्रतिनिधिसभा मातहतका संसदका १० विषयगत समिति चयन गर्नका लागि भदौ ५ गते निर्वाचन हुने भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले निर्वाचनको मिति तोकेका हुन् । भदौ ५ गते बिहान ११ बजे निर्वाचन हुने भएको छ ।
सभापति नहुँदा समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गर्दै आएका छन्। उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ।







